काठमाडौं । चर्चित नेपाली ब्रो रेसलरले आफ्नै पूर्वपत्नीमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा रेसलरले आफ्नी पूर्वपत्नीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका हुन्। घाइते महिलालाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ भने उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानबाट दुवैबीच […]
काठमाडौं । नेपाली ख्रीष्टियन समुदायभित्र पछिल्ला वर्षहरूमा देखिएका विभिन्न विकृति, विसंगति, आर्थिक अपारदर्शिता, हैकमवादी प्रवृत्ति तथा त्यसबाट उत्पन्न भएका सामाजिक, नैतिक र कानुनी जटिलताहरूलाई सम्बोधन गर्ने उद्देश्यले नयाँ संस्थाको गठन प्रक्रिया अगाडि बढाइएको छ। विश्वसनीय स्रोतका अनुसार प्रस्तावित संस्थाले समुदायभित्र सुशासन, पारदर्शिता, उत्तरदायित्व, आत्मिक शुद्धता तथा नैतिक नेतृत्वको प्रवर्द्धनलाई मुख्य उद्देश्यका रूपमा अघि बढाउनेछ। साथै […]
धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा घाइते भएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू मोटरसाइकलबाट लडेको र हातमा चोट लागेको जानकारीसहित तस्बिर सार्वजनिक गरेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाअघि साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त भिडियोमा उनले हेल्मेट लगाएको देखिए पनि हेल्मेटको […]
काठमाडौं, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आदिवासी जनजाति महिलाका हक, अधिकार तथा पहिचानका सवालमा सरकारको ध्यानाकर्षण गराउन काठमाडौंको माइतीघरमा सांकेतिक धर्ना गरेका छन्। माइतीघर मण्डलामा बुधबार आयोजित धर्नामा विभिन्न आदिवासी जनजाति समुदायका महिला तथा अधिकारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आदिवासी जनजाति महिलाको प्रतिनिधित्व, समान अवसर, सामाजिक न्याय तथा संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयनको माग गरेका थिए। […]
अर्चना झा ललितपुर, गोदावरी १७ जेठ : गोदावरी नगरपालिका–१४, ललितपुरस्थित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, नेपालको दोस्रो सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष निरोज बज्राचार्य रहनुभएको थियो भने संस्थापक सभाध्यक्ष विजय कृष्णमूर्तिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थापक विजय कृष्णमूर्तिले […]
भक्तपुर । जीवनमा कहिलेकाहीँ यस्ता कठिन परिस्थितिहरू आउँछन्, जहाँ एक व्यक्तिले एकैपटक अनेकौँ पीडा, संघर्ष र जिम्मेवारीको भारी बोक्नुपर्ने हुन्छ। भक्तपुर नगरपालिका–८ निवासी २३ वर्षीया सचिता बनमाला यतिबेला त्यस्तै असह्य पीडाबाट गुज्रिरहेकी छन्। सचिताले जीवनका अनेक उतारचढाव पार गर्दै आफ्नै रोजाइको जीवनसाथीसँग विवाह गरिन्। प्रेम र विश्वासका आधारमा नयाँ जीवनको सुरुवात गरेकी उनले समाज र […]
काठमाडौं । काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टे क्षेत्रमा एक व्यक्तिको आँखामा खुर्सानीको धुलो हाली सुनको सिक्री र मोबाइल फोन लुटपाट गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि समेत खुर्सानीको धुलो प्रहार गरी भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका […]
नवलपरासी । नवलपरासी (पूर्व), जेठ ३० — नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–१५, भिट्टामणी टोलमा घरायसी विवादका क्रममा बाबुले आफ्नै छोरामाथि धारिलो हतियार (खुकुरी) प्रहार गर्दा छोराको मृत्यु भएको छ। प्रहरीका अनुसार घरायसी विवाद चर्किएपछि ६३ वर्षीय डम्बर गिरीले आफ्ना ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुकुरी प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि चितवनस्थित […]
काठमाडौं । चन्द्रागिरी नगरपालिका–५ मा आज सरसफाइ कार्यक्रम उद्घाटन भएको छ। किसिपिडी ब्याडमिन्टल क्लबको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा स्थानीयवासी, युवा तथा वडाका जनप्रतिनिधि सहभागिता रहेको छ । “स्वच्छ वातावरण, स्वस्थ समाज हाम्रो प्रतिबद्धता, हाम्रो अभियान” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रम सुरु भएको हो। कार्यक्रम अन्तर्गत किसिपिडी ब्याडमिन्टल ग्राउन्डदेखि श्री जग कल्याण पुल क्षेत्रसम्मको खोलामा सरसफाइ […]
काठमाडौं । काठमाडौँ नगरपालिका–चन्द्रागिरी वडा नं. ८ ढाक्सीस्थित ‘आमाको अचार’ उद्योगले आफ्नो फ्याक्ट्रीबाट निस्किएको रसायनजन्य फोहोर जथाभावी खोलामा फाल्दा स्थानीय बासिन्दा समस्यामा परेका छन्। उद्योगबाट निस्किएको फोहोरका कारण खोलामा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। स्थानीयका अनुसार उद्योगबाट निस्किएको रसायनयुक्त पानी तथा फोहोर बेतर्तिब रूपमा खोलामा मिसाइँदा आसपासको वातावरण प्रदूषित बनेको छ। खोलाको […]











