काठमाडौं । चन्द्रागिरी नगरपालिका–५ मा आज सरसफाइ कार्यक्रम उद्घाटन भएको छ। किसिपिडी ब्याडमिन्टल क्लबको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा स्थानीयवासी, युवा तथा वडाका जनप्रतिनिधि सहभागिता रहेको छ ।
बिज्ञापन
“स्वच्छ वातावरण, स्वस्थ समाज हाम्रो प्रतिबद्धता, हाम्रो अभियान” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रम सुरु भएको हो।
बिज्ञापन
कार्यक्रम अन्तर्गत किसिपिडी ब्याडमिन्टल ग्राउन्डदेखि श्री जग कल्याण पुल क्षेत्रसम्मको खोलामा सरसफाइ गरिएको आयोजकले जनाएको छ। सरसफाइका क्रममा खोलामा फालिएका फोहोर संकलन गर्नुका साथै वातावरण संरक्षणबारे जनचेतना फैलाउने कार्यसमेत गरिएको थियो।
कार्यक्रमलाई चन्द्रागिरी नगरपालिका वडा नं. ५ कार्यालयले सहयोग गरेको हो। आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्