बकर इद आज मनाइँदै, मुस्लिम समुदायमा उल्लास

२०८३ जेष्ठ १४, बिहीबार ०८:००

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (ईद–उल–अजहा) आज देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ।

बिज्ञापन

इस्लाम धर्मअनुसार अल्लाहप्रति पूर्ण समर्पण, त्याग र बलिदानको प्रतीकका रूपमा मनाइने यस पर्वमा मुस्लिम समुदायले बिहानै मस्जिद तथा ईदगाहमा विशेष नमाज अदा गरेका छन्। नमाजपछि एकआपसमा शुभकामना आदानप्रदान गर्दै सामाजिक सद्भाव र भाइचाराको सन्देश फैलाइएको छ।

बिज्ञापन

बकर इदको अवसरमा धार्मिक मान्यताअनुसार पशु कुर्बानी दिने प्रचलन रहेको छ। कुर्बानीबाट प्राप्त मासु परिवार, आफन्त तथा विपन्न समुदायमा बाँडेर सहकार्य र मानवताको भावना अभिव्यक्त गर्ने गरिन्छ।

नेपालका विभिन्न जिल्ला, विशेषगरी काठमाडौं, ललितपुर, भैरहवा, नेपालगञ्ज, जनकपुरलगायत क्षेत्रमा पर्वको विशेष रौनक देखिएको छ। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाएका छन्।

बिज्ञापन

यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्भाव कायम राख्न आग्रह गरेका छन् । भने आज नेपाल सरकारले सार्बजनिक बिदा पनि दिएका छन् ।

बकर इदले त्याग, सहयोग, करुणा र मानव सेवाको भावना अभिव्यक्त गर्ने विश्वास गरिएको छ।

२०८३ जेष्ठ १४, बिहीबार ०८:०० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना