चन्द्रागिरीको ढाक्सीमा ‘आमाको अचार’ उद्योगविरुद्ध स्थानीयको गुनासो, खोला दुर्गन्धित बनेको आरोप

२०८३ जेष्ठ १३, बुधबार १०:३०

काठमाडौं । काठमाडौँ नगरपालिका–चन्द्रागिरी वडा नं. ८ ढाक्सीस्थित ‘आमाको अचार’ उद्योगले आफ्नो फ्याक्ट्रीबाट निस्किएको रसायनजन्य फोहोर जथाभावी खोलामा फाल्दा स्थानीय बासिन्दा समस्यामा परेका छन्। उद्योगबाट निस्किएको फोहोरका कारण खोलामा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्।

बिज्ञापन

स्थानीयका अनुसार उद्योगबाट निस्किएको रसायनयुक्त पानी तथा फोहोर बेतर्तिब रूपमा खोलामा मिसाइँदा आसपासको वातावरण प्रदूषित बनेको छ। खोलाको पानी कालो तथा दुर्गन्धित भएको उनीहरूको भनाइ छ। यसका कारण वरपरको बस्तीमा बस्नसमेत कठिन भएको स्थानीयको गुनासो छ।

बिज्ञापन

यस्तै, उक्त उद्योगले परम्परागत राजकुलोसमेत मिचेर फ्याक्ट्री सञ्चालन गरेको आरोप लगाइएको छ।

‘आमाको अचार’ले उत्पादन गरेका सामग्री देशका विभिन्न स्थानमा निर्यातसमेत गर्दै आएको बताइए पनि उद्योग सञ्चालनमा स्वास्थ्य मापदण्ड र वातावरणीय सरसफाइमा लापरवाही गरिएको स्थानीयको आरोप छ। उद्योगबाट निस्किएको दुर्गन्धले स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पर्ने खतरा बढेको उनीहरूको भनाइ छ।

बिज्ञापन

यस विषयमा रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई उद्योग पक्षले “फोटो खिच्न पाइँदैन” भन्दै आपत्ति जनाएको बताइएको छ। सञ्चारकर्मीको गोपनीयता तथा समाचार संकलन प्रक्रियामाथि समेत हस्तक्षेप गर्न खोजिएको जस्तो देखिन्छ।

स्थानीयले सम्बन्धित निकायलाई उद्योगको अनुगमन गरी वातावरणीय मापदण्ड उल्लंघन भएको विषयमा छानबिन गर्न तथा आवश्यक कारबाही अघि बढाउन माग गरेका छन्।

२०८३ जेष्ठ १३, बुधबार १०:३० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना