थानकोट प्रहरीको सक्रियता बढ्दो : अवैध कोइलासहित दुई जना पक्राउ

२०८३ जेष्ठ १५, शुक्रबार ०९:११

काठमाडौं । थानकोट वृत्तमा नयाँ डीएसपीले कमान्ड सम्हालेसँगै अवैध ओसारपसार तथा तस्करी नियन्त्रणमा प्रहरी सक्रिय देखिएको छ। सोही क्रममा प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको कोइलासहित दुई जनालाई पक्राउ गरेको छ।

बिज्ञापन

प्रहरीका अनुसार जेठ १४ गते जिल्ला मकवानपुरको चखेल क्षेत्रबाट अवैध रूपमा कोइला ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा नेपाल प्रहरी को थानकोट वृत्तबाट खटिएको टोलीले बिहान करिब ४ः५० बजे चेकजाँच गरेको थियो।

बिज्ञापन

उक्त टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी नजिक बा १२ च ९६१३ नम्बरको डीआई गाडीलाई रोकी जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ गरेर राखिएको १३५ बोरा कोइला फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले सो कोइला ओसारपसारका लागि आवश्यक अनुमति सम्बन्धी कुनै कागजात नभेटिएको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बस्ने ३९ वर्षीय नवराज स्याङतान तथा इन्द्रसरोवर गाउँपालिका–५ बस्ने २५ वर्षीया बिरुलक्ष्मी तामाङलाई नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

प्रहरीले गाडी, कोइला तथा कोइला तौल गर्न प्रयोग हुने तराजुसमेत नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं हात्तीसारमा बुझाउने तयारी रहेको वृत्तले जानकारी दिएको छ।

२०८३ जेष्ठ १५, शुक्रबार ०९:११ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना