आँखामा खुर्सानीको धुलो हालेर लुटपाट गर्ने पक्राउ

२०८३ जेष्ठ १७, आईतवार १३:२८

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टे क्षेत्रमा एक व्यक्तिको आँखामा खुर्सानीको धुलो हाली सुनको सिक्री र मोबाइल फोन लुटपाट गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि समेत खुर्सानीको धुलो प्रहार गरी भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ सिमली गाउँ बस्ने ४० वर्षीय गणेश कार्की हुन्।

प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको बताएका छन् ।

बिज्ञापन
२०८३ जेष्ठ १७, आईतवार १३:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना