खुकुरी प्रहार गरी छोराको हत्या गर्ने बाबु पक्राउ

२०८३ जेष्ठ १७, आईतवार ०८:२५

नवलपरासी । नवलपरासी (पूर्व), जेठ ३० — नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–१५, भिट्टामणी टोलमा घरायसी विवादका क्रममा बाबुले आफ्नै छोरामाथि धारिलो हतियार (खुकुरी) प्रहार गर्दा छोराको मृत्यु भएको छ।

बिज्ञापन

प्रहरीका अनुसार घरायसी विवाद चर्किएपछि ६३ वर्षीय डम्बर गिरीले आफ्ना ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुकुरी प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

घटनापछि प्रहरीले डम्बर गिरीलाई नियन्त्रणमा लिई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ।

बिज्ञापन
२०८३ जेष्ठ १७, आईतवार ०८:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना