काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र पूर्व नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङबीच संयुक्त रूपमा अघि बढ्ने सहमति भएको छ। सोमबार साँझ भएको त्रिपक्षीय छलफलपछि कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाटै निर्वाचनमा सहभागी हुने निष्कर्ष निकालिएको हो। सहमति अनुसार कुलमानले पार्टीमा रवि लामिछानेपछि दोस्रो वरीयता पाउनेछन् भने […]

काठमाडौँ । आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ श्रद्धा, उत्साह र उल्लासका साथ मनाउँदैछन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको धार्मिक विश्वास रहिआएको छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम […]

काठमाडौँ । काठमाडौँको सिनामंगलमा एक प्रहरी असई पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। ब्रेन ट्युमरको उपचार गराइरहेका शिशुको स्वास्थ्य अवस्थालाई लिएर दुवै दम्पतीबीच निरन्तर तनाव हुँदै आएको प्रहरीले जनाएको छ। परिवारजनका अनुसार उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग विवाद बढेपछि उत्पन्न तनावकै बीच असई कार्कीले घाँटी थिचेर शिशुको हत्या गरेका हुन्। दुवै पति–पत्नी […]

काठमाडौं, मंसिर १३ — चन्द्रागिरी नगरपालिका–२, बडभज्याङको बसन्डोलस्थित क्रस ओइ नागढुङ इसाई मण्डलीमा आज ‘धन्यवादको चाड’ भव्यरूपमा सम्पन्न भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो चाड इसाई समुदायले मंसिर १३ गतेका दिन मनाउने परम्परा रहेको छ। कार्यक्रममा स्थानीय इसाई समुदायको बाक्लो उपस्थिति देखिएको थियो। धन्यवादको चाडका अवसरमा सहभागीहरूले आफूले फलाएको खेतबारीको पहिलो फल चर्चमा […]

काठमाडौं । ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण चन्द्रागिरी नगरपालिका–स्थित थानकोटको कोतघरमा आज नेवार समुदायले श्री गणेश, महालक्ष्मी र भैरवको सिन्दुर जात्रा भव्यताका साथ सम्पन्न गरेका छन्। नेवार समुदायको पुरानो परम्परागत संस्कृतिसँग सम्बन्धित यो जात्रा हरेक वर्ष धूमधामका साथ मनाइँदै आएको छ। आजको जात्रामा स्थानीय बासिन्दा, समुदायका अग्रज, भक्तजनहरु र दर्शकहरूको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा […]

काठमाडौं । नेपाल बाइबल सोसाइटीले आफ्नो स्थापना दिवसको अवसरमा भव्य कार्यक्रमसहित ५०औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) मनाएको छ। सो समारोह ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड नेपालमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा धार्मिक अगुवा,समाजसेवी,सरोकारवाला संस्था तथा अतिथिहरूको सहभागिता रहेको थियो। सो अवसरमा संस्थाको पाँच दशक लामो सेवा, समाजमा गरेको योगदान र भविष्यका योजनाबारे विस्तृत चर्चा गरिएको थियो। नेपाल […]

नुवाकोट । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको नुवाकोटको बन्चरेडाँडामा फेरि फोहोर ल्याउने काम रोकिएको छ । लगातारको फोहोरको थुप्रो र दुर्गन्धका कारण स्थानीयवासी आक्रोशित बनेका छन् । स्थानीय बासिन्दाहरूले काठमाडौंका जनताका लागि सफा सहर बनाउने नाममा बन्चरेडाँडालाई फोहोरको थलो बनाइएकामा असन्तुष्टि जनाएका छन्। उनीहरू भन्छन्, “काठमाडौंका मान्छेहरूलाई त सफा ठाउँ चाहिन्छ, तर […]

काठमाडौं — किष्ट शिक्षण अस्पतालमा उपचारको क्रममा मीना राईको मृत्यु भएको विषयलाई लिएर आज पनि मृतकका आफन्त तथा स्थानीयहरूले तीव्र प्रदर्शन गरेका छन्। उनीहरूले अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसरमा तोडफोड गरेका हुन्। आक्रोशित भीडले अस्पताल बन्द गर्नुपर्ने र मृतक मीना राईलाई न्याय दिलाउनुपर्ने माग राख्दै अस्पताल परिसरमा प्रवेश गरी ढुंगामुढा समेत गरेको प्रहरीले […]

काठमाडौं, चन्द्रागिरी । काठमाडौं चन्द्रागिरी पश्चिम क्षेत्रका क्रिश्चियन मण्डली एकता खेलकुद विभागद्वारा आयोजित फुटसल प्रतियोगिता आज बिहान ८ बजे बाट औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिता दहचोक बसपार्क नजिकै रहेको लियोन फुटसल ग्राउण्डमा सुरु गरिएको हो। कार्यक्रमको सुरुवात राष्ट्रिय गान र नृत्य प्रस्तुतिसँगै गरिएको थियो, जसले सम्पूर्ण सहभागीहरूमा उत्साह र आनन्द थपेको थियो। त्यसपछि खेलाडीहरूलाई […]

नुवाकोट । नुवाकोट। बेलकोटगढी नगरपालिका–४ का स्थानीय युवाहरूले सडकको दयनीय अवस्थाको विरोध गर्दै व्यङ्ग्यात्मक शैलीमा सामाजिक सञ्जाल मार्फत बिरोध गरेका छन्। सडकमा ठूला–ठूला खाल्टाखुल्टी पानी भरिएकाले गाडी गुड्न नसक्ने अवस्थामा पुगेपछि उनीहरूले सडकलाई “नर (सिँचाइ नहर)” बनाइएको भन्दै विरोध गरेका हुन्। युवाहरूले सडकमा पानीका खाल्टाखुल्टी खन्दै व्यङ्ग्य गर्दै भने, “अब यो बाटो खेतबारीमा पानी लगाउनकै […]