बेनीघाट–रोराङ–९ मा अवैध उत्खनन रोक्न कडा निर्देशन, अटेरी गरे कानुनी कारबाही हुने चेतावनी

२०८२ चैत्र ७, शनिबार १२:२४

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित त्रिशूली नदीबाट अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन भइरहेको जानकारी प्राप्त भएपछि सो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ।

बिज्ञापन

माननीय आशिका तामाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा कानुनविपरीत हुने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारिएको छ। जनताको मतबाट निर्वाचित प्रतिनिधिको हैसियतमा प्राकृतिक स्रोतसाधनको संरक्षण र जनहितको रक्षा आफ्नो प्रमुख दायित्व रहेको उनले उल्लेख गरेकी छन्।

बिज्ञापन

उक्त निर्देशनको अवज्ञा गर्ने वा लापरवाही गर्ने सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

स्थानीय तहले प्राकृतिक सम्पदाको दिगो संरक्षण र अवैध उत्खनन नियन्त्रणलाई प्राथमिकतामा राख्दै आवश्यक अनुगमन र कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

बिज्ञापन
२०८२ चैत्र ७, शनिबार १२:२४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना