दाउन्ने सडकखण्ड अवरुद्ध, सिद्धबाबा क्षेत्रमा समेत बाटो बन्द

२०८२ चैत्र ७, शनिबार १३:२९

काठमाडौं । लगातार वर्षाका कारण चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अत्यधिक जोखिमपूर्ण बनेपछि यातायात पूर्ण रूपमा बन्द गरिएको हो।

बिज्ञापन

यसैबीच, वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको पाल्पा रुटअन्तर्गत सिद्धबाबा क्षेत्रमा लेदो र ढुंगा खस्दा उक्त सडक पनि दुबै तर्फबाट अवरुद्ध भएको छ।

बिज्ञापन

दुवै मुख्य मार्ग बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् भने सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ।

बिज्ञापन
२०८२ चैत्र ७, शनिबार १३:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना