काठमाडौं । एभरेस्ट नेपाल कल्चरल ग्रुप द्वारा आयोजित १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
बिज्ञापन
चैत्र ६ गते शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डप मा सम्पन्न उक्त कार्यक्रममा विश्वका १० राष्ट्रहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, नेपाल, इजरायल, पोल्यान्ड, दक्षिण अफ्रिका, ताइवान र टर्की का कलाकारहरूले आफ्नो देशअनुसारका मौलिक नृत्य तथा सांस्कृतिक प्रस्तुति देखाएका थिए।
बिज्ञापन
विविध सांस्कृतिक झाँकीले भरिपूर्ण उक्त मेलाले दर्शकलाई मनोरञ्जन मात्र नभई विभिन्न देशको कला, संस्कृति र परम्पराबारे जानकारी गराएको थियो। आयोजकका अनुसार, यो कार्यक्रम आगामी दिनहरूमा नेपालका विभिन्न शहरहरूमा पनि प्रदर्शन गरिने योजना रहेको छ।
तस्वीरहरु=








प्रतिक्रिया दिनुहोस्