काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू नयाँ सरकार गठनबारे छलफलमा जुटेका छन्।
बिज्ञापन
आम निर्वाचन २०८२ मा १८२ सिट जित्दै संसद्को पहिलो दल बनेपछि रास्वपाले सरकार गठनका लागि औपचारिक तयारी सुरु गरेको हो। सोही क्रममा बिहीबार पहिलो पटक शीर्ष नेताहरू एकै ठाउँमा भेला भएका हुन्।
बिज्ञापन
काठमाडौँस्थित एक होटलमा सम्पन्न छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी भएका थिए।
स्रोतका अनुसार साँझ साढे ४ बजेदेखि सुरु भएको बैठक करिब ६ बजेतिर सकिएको हो। बैठकमा सरकार गठनको प्रारम्भिक खाका, सम्भावित गठबन्धन र मन्त्रीपरिषद् संरचनाबारे छलफल भएको बताइएको छ।
बिज्ञापन
छलफलमा सहभागी एक नेताले समष्टि मिडियालाई बताएअनुसार सरकार गठन प्रक्रियालाई छिटो टुंग्याउने र प्रभावकारी तथा सानो आकारको मन्त्रिपरिषद् बनाउने विषयमा सहमति जुटाउने प्रयास गरिएको छ। साथै, जनअपेक्षा अनुसार परिणाममुखी सरकार सञ्चालन गर्ने प्रतिबद्धतासमेत नेताहरूले व्यक्त गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्