चितुवाको आक्रमणबाट दुई जना घाइते

२०८२ चैत्र २४, मंगलवार २१:४८

राजापुर, चैत २४ । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट स्थानीय दुई जना स्थानीय घाइते भएका छन् । राजापुर नगरपालिका वडा नं. ९ इश्वरीगञ्जका शिवराज सेजुवाल र देविराम बस्नेत चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

बिज्ञापन

साथै प्रहरीका अनुसार मकैबारीमा लुकेर बसेको चितुवालाई लखेट्ने क्रममा उनीहरू घाइते भएका थिए। चितुवा देखिएपछि निकुञ्जको डाँक टोली बोलाइए पनि टोली अन्यत्र व्यस्त रहेको भन्दै पुग्न सकेको थिएन । त्यसपछि सुरक्षाकर्मी र स्थानीयले मकैबारी क्षेत्रमा निगरानी बढाएका थिए ।

बिज्ञापन

यद्यपि सीमावर्ती भारतीय जंगल नजिकैको क्षेत्र भएकाले चितुवालाई होहल्ला नगरी सुरक्षित रूपमा फर्काउन स्थानीयवासी आफैं लखेट्न जाँदा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाइते सेजुवाललाई उपचारको लागि स्वास्थ्य केन्द्र लगिएको स्थानीय महेश चौधरीले जानकारी दिएका छन् । घटनापछि उक्त क्षेत्रमा सतर्कता बढाइएको छ ।

बिज्ञापन
२०८२ चैत्र २४, मंगलवार २१:४८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना