तस्वीर:AI
चैत २४ गते,इनरुवा । जिल्ला सुनसरीको भोक्राहानरसिंह गाउँपालिका वडा नं.–०४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) अन्तर्गत सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी फेला परेकी छन्।
बिज्ञापन
मंगलबार बिहान करिब १०:१५ बजे जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले परीक्षा केन्द्रमा निरीक्षण गर्ने क्रममा जामिआ इस्लामिया विद्यालयकी परीक्षार्थी सलमा अजहर (सिम्बल नम्बर ०१००९५२६-X) को सट्टामा परीक्षा दिइरहेकी २० वर्षीया नुसरत बानो फेला पारेको हो।
बिज्ञापन
अनुगमनका क्रममा शंकास्पद देखिएपछि जाँच गर्दा उनी नक्कली परीक्षार्थी भएको पुष्टि भएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी चौकी चिरौली चोकबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्