काठमाडौं । धार्मिक तथा सामाजिक अभियन्ता हरि महत माथि चन्द्रागिरी नगरपालिका–८ मा केही युवाको समूहले सांघातिक आक्रमण गरेको छ, जसका कारण उनी गम्भीर घाइते भएका छन्।
बिज्ञापन
प्राप्त जानकारीअनुसार, ढाक्सी धारामा राखिएको शिलालेख फुटाइएको तथा सो विषयमा टिकटकमा सामग्री पोस्ट गरेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि महतमाथि कुटपिट गरिएको हो।
बिज्ञापन
घाइते महतलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको छ,उनको उपचार भइरहेको परिवारले बताएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरी वृत्त थानकोटले तीन जना युवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्