(तस्वीर AI)
भारतले बङ्गलादेशसँगको पूर्वी सीमाका नदी क्षेत्रहरूमा खतरनाक गोही र विषालु सर्प प्रयोग गर्ने सम्भावनाबारे अध्ययन थालेको खबर सार्वजनिक भएको छ। यसलाई भौतिक बार (फेन्स) निर्माणको विकल्पका रूपमा हेरिएको बताइएको छ।
बिज्ञापन
नरेन्द्र मोदी नेतृत्वको सरकारले बङ्गलादेशसँग जोडिएको करिब ४,०९६ किलोमिटर लामो सीमामा फेन्सिङका लागि ठूलो लगानी गरिसकेको भए पनि करिब २० प्रतिशत भूभाग अझै खुला रहेको छ। विशेषगरी करिब ८५० किलोमिटर क्षेत्रमा फेन्स निर्माण हुन सकेको छैन, जसमा १७५ किलोमिटर दलदली तथा बाढी जोखिमयुक्त क्षेत्र पर्छन्।
बिज्ञापन
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बोर्डर सेक्रेटरी फोर्स (BSF) भित्रको आन्तरिक छलफलमा नदीय सीमामा रैप्टाइल प्रयोग गर्ने उपायबारे विचार गरिएको हो। २६ मार्चको आन्तरिक मेमोमार्फत फिल्ड युनिटहरूलाई यस्तो उपाय सम्भाव्य भए–नभएको मूल्यांकन गर्न निर्देशन दिइएको जनाइएको छ।

उक्त प्रस्ताव अमित शाहको निर्देशनअनुसार अघि बढ्नुपर्ने उल्लेख मेमोमा रहेको बताइन्छ। खुला सीमा क्षेत्रहरू मुख्यतः पश्चिम बंगाल, असम, मेघालय, त्रिपुरा र मिजोरममा पर्छन्, जहाँ अवैध आप्रवासन लामो समयदेखि राजनीतिक मुद्दा बन्दै आएको छ।
यता, मानवअधिकार समूहहरूले आप्रवासीप्रति कडा नीति अपनाइएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्। केही घटनामा कानुनी प्रक्रिया पूरा नगरी आप्रवासीहरूलाई फिर्ता पठाइएको वा सीमावर्ती क्षेत्रमा छोडिएको आरोप पनि लाग्ने गरेको छ।
बिज्ञापन
यसबीच, सत्तारुढ दलका नेताहरूले बङ्गलादेशबाट आउने आप्रवासीलाई “घुसपैठी”को संज्ञा दिँदै राष्ट्रिय सुरक्षा र जनसांख्यिक संरचनामा असर पर्ने दाबी गर्दै आएका छन्।
तर, BSF का केही अधिकारीहरूले यस्तो प्रस्ताव कार्यान्वयनमा व्यावहारिक कठिनाइ र स्थानीय समुदायका लागि जोखिम हुन सक्ने चेतावनी दिएका छन्। हाल भारत सरकारले सीमा सुरक्षाका लागि ड्रोन, इन्फ्रारेड तथा नाइट-भिजन क्यामेरा जस्ता प्रविधिमा पनि लगानी बढाइरहेको छ।




प्रतिक्रिया दिनुहोस्