माता तीर्थ औँसीमा असहायलाई भोजन वितरण, सामाजिक अभियन्ताहरूको मानवसेवा उदाहरणीय

२०८३ बैशाख ४, शुक्रबार ११:४९

काठमाडौँ। आमाको मुख हेर्ने दिनका रूपमा मनाइने माता तीर्थ औँसी का अवसरमा सामाजिक अभियन्ता शिवकुमार पन्त र रवि भुजेलको टोलीले असहाय तथा बेसहारा नागरिकहरूलाई भोजन वितरण गरेका छन्।

बिज्ञापन

साथै काठमाडौँस्थित भद्रकाली मन्दिर र पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा खिर, जेरी, पुरी तथा जुस वितरण गरिएको हो।

बिज्ञापन

सामाजिक अभियन्ता रवि भुजेलले मानवसेवाको भावनालाई जोड दिँदै भने, “हामीले मात्रै खाएर हुँदैन, खान नपाएका बेसहारा मानिसहरूलाई पनि खुवाउनुपर्छ। सबैको आत्मा एउटै हो, मानव भएपछि हामीले मान्छे जस्तो व्यवहार गर्नुपर्छ।”

उक्त टोलीले विगतदेखि नै विभिन्न दैविक प्रकोप तथा विपद्का समयमा देशका विभिन्न स्थानमा पुगेर राहत तथा सहयोग गर्दै आएको छ। भूकम्पलगायतका विपद्मा सक्रिय रूपमा सहभागी हुँदै उनीहरूले मानवसेवामा निरन्तर योगदान पुर्‍याएका छन्।

बिज्ञापन

यसै क्रममा सामाजिक अभियन्ता शिवकुमार पन्तले चेपाङ बस्ती, जाजरकोट लगायतका दुर्गम क्षेत्रमा पुगेर लत्ताकपडा तथा खाद्यान्न वितरण गर्दै आएको जानकारी दिए। “हामीले कुनै स्वार्थ नराखी सेवा गर्दै आएका छौँ। कुनै संघसंस्थाको सहयोग बिना आफ्नै कमाइबाट यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ,” उनले बताए।

मानवसेवामा समर्पित यस्ता अभियन्ताहरूको कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

oplus_2

oplus_2
oplus_2

२०८३ बैशाख ४, शुक्रबार ११:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना