नागढुङ्गाबाट ब्राउनसुगरसहित युवती पक्राउ

२०८३ बैशाख ४, शुक्रबार २१:२४

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट करिब १५ ग्राम अवैध लागूऔषध (ब्राउनसुगर जस्तो देखिने पदार्थ) सहित एक युवती पक्राउ परेकी छन्।

बिज्ञापन

प्रहरीका अनुसार इलामको सन्दकपुर गाउँपालिका–२ घर भएकी २२ वर्षीया प्रोमिश राईलाई शुक्रबार बिहान पक्राउ गरिएको हो।

बिज्ञापन

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१–००२ ख ०९४६ नम्बरको बसमा जाँचका क्रममा उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन
२०८३ बैशाख ४, शुक्रबार २१:२४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना