चन्द्रागिरीमा नवाह कथा महायज्ञ सुरु हुने

२०८२ चैत्र ११, बुधबार ०८:१९

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको वनदेवी क्षेत्रमा नवाह कथा महायज्ञ आयोजना हुने भएको छ। अभियन्ता तथा समाजसेवी हरि महतका अनुसार २०८३ बैशाख ११ गतेदेखि १५ गतेसम्म उक्त धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ।

बिज्ञापन

प्रसिद्ध कथा वाचक पण्डित श्री दिनबन्धु पोखरेलद्वारा कथा वाचन गरिने महायज्ञ बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। चन्द्रागिरी हिल्स जाने बाटोमा रहेको वनदेवीमा आयोजना हुने यस कार्यक्रममा भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

साथै कार्यक्रमको आयोजक टिमले चन्द्रागिरी नगरपालिकाका सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई धार्मिक लाभ लिन हार्दिक निमन्त्रणा दिएका छन्।

बिज्ञापन

२०८२ चैत्र ११, बुधबार ०८:१९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना