ललितपुर बलात्कार मुद्दा: कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा, नख्खु कारागार चलान

२०८३ बैशाख ११, शुक्रबार ०६:४६

तस्वीर -Ai
ललितपुर। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुर को आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएको छ। प्रारम्भिक सुनुवाइपछि अदालतले उनलाई नख्खु कारागार चलान गर्न आदेश दिएको हो।

बिज्ञापन

मल्ललाई गत चैत १४ गते सातदोबाटो क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि ३० वर्षीया एक महिला कलाकारलाई बलात्कार गरेको गम्भीर अभियोग लागेको छ।

बिज्ञापन

यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय ले मल्लविरुद्ध कडा सजायको माग गर्दै अभियोग पत्र दायर गरेको छ। अभियोगअनुसार उनलाई ७ देखि १० वर्षसम्म कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना तथा पीडितलाई क्षतिपूर्ति भराउने माग गरिएको छ।

यता, पीडित महिला कलाकार लामो समयदेखि न्यायको माग गर्दै माइतीघर मण्डला मा धर्नामा बस्दै आएकी छन्। उनले दोषीलाई कडा कारबाही र आफूले न्याय पाउनुपर्ने अडान दोहोर्‍याउँदै आएकी छन्।

बिज्ञापन

अदालतको पछिल्लो आदेशसँगै उक्त मुद्दा अब कानुनी प्रक्रियाको अर्को चरणमा प्रवेश गरेको छ।

२०८३ बैशाख ११, शुक्रबार ०६:४६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना