‘बिना धितो ऋण’को नाममा ठगी धन्दा: चक्रपथमा टप ग्लोबल इन्भेस्टमेन्टको जालो

२०८३ बैशाख ११, शुक्रबार १८:३३

काठमाडौँ। अमेरिकी दूतावासको अपोजिट चक्रपथ क्षेत्रमा सञ्चालित “टप ग्लोबल इन्भेस्टमेन्ट प्रा.लि.”ले दिनडाहाडै ठगीधन्दा चलाएका छन्।
पीडितहरूले दिएको जानकारीअनुसार उक्त कम्पनीले “बिना धितो सहज ऋण उपलब्ध गराइने” भन्ने प्रलोभन देखाएर सर्वसाधारणलाई आकर्षित गर्ने गरेको छ। प्रारम्भिक प्रक्रिया अघि बढाउने क्रममा ग्राहकसँग ऋण रकमको करिब २० प्रतिशत रकम अग्रिम बुझाउन लगाइने तथा खाली चेकमा हस्ताक्षर गराएर कम्पनीलाई बुझाउनु पर्ने पीडितहरुको गुनासो छ ।

बिज्ञापन

पीडितहरूको भनाइमा, यस् कम्पनीले एकदेखि दुई हप्ताभित्र ऋण स्वीकृत हुने आश्वासन दिने गरेता पनि व्यवहारमा भने वर्षौं सम्म झुलाउने गरिएको पाइएको छ। साथै यस कम्पनीमा स्टाफहरू हप्तैपिच्छे चेन्ज भइरहने पीडितले सोधनी गर्दा हेड अफिसमा बानेश्वर मा सरुवा भएको भन्ने गरेको र पीडितहरूले फोन गर्दा कुनै फोन स्विचअप साथै साथै विभिन्न बहाना गरी विभिन्न नम्बरहरू चेन्ज गरिरहने पीडितहरूले हाम्रो टिमलाई बताएका छन्। पीडितहरू कार्यालयमै पुग्दा असहयोगपूर्ण व्यवहारसँगै धाकधम्कीसमेत दिने गरिएको पाइएको छ।

बिज्ञापन

यस विषयमा पीडितहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता गतिविधिमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

बिज्ञापन
२०८३ बैशाख ११, शुक्रबार १८:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना