प्रहरीकै मिलेमतोमा सीमाबाट तस्करी: कच्ची बाटो र खेतको आली हुँदै भित्रिँदै भारतीय सामान

२०८३ बैशाख १३, आईतवार ११:१९

काठमाडौं । नेपाल भारत सीमा क्षेत्रबाट तस्करी गतिविधि झन् बढ्दो क्रममा देखिएको छ। स्थानीयहरूको आरोप अनुसार प्रहरीकै मिलेमतोमा भारतीय सामान अवैध रूपमा नेपाल भित्र्याउने काम भइरहेको बताएको हो।

बिज्ञापन

सीमावर्ती गाउँहरूमा कच्ची बाटो, खेतको आली र स-साना गोरेटो प्रयोग गरी सामान ओसारपसार गर्ने गरिएको छ। यस कार्यमा संलग्न समूहहरूले पहिले नै ‘लाइन क्लियर’ पाएपछि मात्रै तस्करी सुरु गर्ने गरेको स्थानीयको दाबी छ।

बिज्ञापन

स्थानीय बासिन्दाका अनुसार, प्रहरीसँगको साटघाँट बिना यस्तो गतिविधि सम्भव नभएको बताइन्छ। “प्रहरीले संकेत दिएपछि मात्रै सामान भित्रिन्छ,” एक स्थानीयले भने।

यता, आम सर्वसाधारणका लागि भने कडाइ गरिएको ‘१०० को नियम’ लागू गरिएको छ, जसअनुसार सामान्य सामान ल्याउँदा समेत कडाइ गरिन्छ। तर ठूला परिमाणमा हुने तस्करी भने निर्बाध रूपमा भइरहेको भन्दै जनताले दोहोरो मापदण्डको आलोचना गरेका छन्।

बिज्ञापन

यस विषयमा सम्बन्धित निकायले भने अहिलेसम्म कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन। सीमामा हुने यस्तो गतिविधि नियन्त्रण गर्न प्रभावकारी अनुगमन र पारदर्शिता आवश्यक रहेको स्थानीयको माग छ।

२०८३ बैशाख १३, आईतवार ११:१९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना