ठमेलमा विदेशी नागरिक कुटपिट र लुटपाट प्रकरणः ३ जना पक्राउ, अनुसन्धान जारी

२०८३ बैशाख ८, मंगलवार ०६:३८

काठमाडौं । ठमेल क्षेत्रमा विदेशी नागरिकलाई कुटपिट गरी लुटपाट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी प्रहरी वृत्त लैनचौर बाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

बिज्ञापन

प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन तथा अन्य संलग्न व्यक्तिहरूको खोजी कार्यलाई समेत तीव्र बनाइएको जनाएको छ। साथै, पर्यटकीय क्षेत्र ठमेलमा यस्ता गतिविधि दोहोरिन नदिन सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीको भनाइ छ।

बिज्ञापन
२०८३ बैशाख ८, मंगलवार ०६:३८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना