एकीकृत समाजवादीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा पाल्पाका मीन प्रसाद गिरी

२०८२ भाद्र १६, सोमबार १५:३२

पल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा पाल्पाका मीन प्रसाद गिरी निर्वाचित हुनु भएको छ । प्रथम अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

बिज्ञापन

त्यस्तै कमिटिकाे उपाध्यक्षमा लुना रिजाल र जनक बिश्वकर्मा, सचिवमा ओम वहादुर पुन र उप-सचिवमा संकृत अयार्लसहित ५५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

बिज्ञापन

निर्वाचित भएसंगै अध्यक्ष गिरीले आफ्नो टिम एक दम राम्रो बनेको भन्दै पुर्व अध्यक्ष विद्या राज पाण्डेले थालनि गरेर बाकी रहेको काम पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेश सम्पर्क कमिटीले प्रदेश भरका सम्पर्क कमिटीलाई मजबुद पार्ने विगतमा गठन भएका सम्पर्क कमिटीलाई प्रभावकारी हुनेगरी आफ्नो कमिटीले काम बताउनुभयो ।

बिज्ञापन
२०८२ भाद्र १६, सोमबार १५:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना