हाम्रो नेपाल – सुन्दरता, विविधता र गौरवको देश

२०८२ आश्विन १५, बुधबार १४:४३

नेपाल – सुन्दरता, विविधता र गौरवको देश
नेपाल एक प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराई मिलेर बनेको यो राष्ट्र संसारकै अनौठो भौगोलिक संरचनामा पर्छ। उत्तरमा विश्वकै अग्लो हिमाल सगरमाथा उभिएको छ भने दक्षिणमा हरियाली तराई फैलिएर बसेको छ।

बिज्ञापन

बिज्ञापन

नेपाललाई संसारभरि “गौतम बुद्ध जन्मभूमि” को रूपमा चिनिन्छ। शान्ति, सत्य र अहिंसाको सन्देश दिने बुद्धको जन्मस्थल लुम्बिनी हाम्रो राष्ट्रिय गौरव हो।

नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिले भरिएको छ। यहाँ नेवार, मगर, गुरुङ, तामाङ, थारु लगायत धेरै समुदायले आफ्नो परम्परा, भाषा र संस्कृति जोगाउँदै एकतामा बाँधिएका छन्। “विविधतामा एकता” नै नेपालको ठूलो सम्पत्ति हो।

बिज्ञापन

प्राकृतिक सम्पदाका हिसाबले पनि नेपाल धनी छ। हरेक वर्ष हजारौं पर्यटक यहाँको हिमाल, वनजंगल, तालतलैया र ऐतिहासिक दरबारहरू हेर्न आउँछन्। सगरमाथा, अन्नपूर्ण, चितवन राष्ट्रिय निकुञ्ज जस्ता स्थलले नेपालको परिचय अझै बढाएका छन्।

नेपाललाई “साहसिकताको भूमी” पनि भनिन्छ। हिमाल आरोहण, पदयात्रा टेकिंग र आफुले प्राकृतिक रमणीयता अनुभव गर्न चाहनेहरूको लागि नेपाल संसारकै प्रमुख गन्तव्य बनेको छ।

यद्यपि नेपाल अझै विकासको यात्रामा छ। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारमा चुनौतीहरू छन्, तर नेपाली जनताको संघर्षशीलता, मेहनत र आत्मसम्मानले देशलाई अघि बढाइरहेको छ।

नेपाल केवल एउटा देश मात्र होइन, यो हाम्रो गौरव, हाम्रो पहिचान र हाम्रो भविष्य हो। प्रकृति र संस्कृतिको मिलन भएको यो राष्ट्रलाई बचाउन, जोगाउन र अझै उज्ज्वल बनाउन हामी सबै नेपालीको साझा दायित्व हो।

Oplus_131072

२०८२ आश्विन १५, बुधबार १४:४३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना