काठमाडौं। नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। कात्तिक दोस्रो सातादेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत आलमको गएराति २ बजेर ५८ मिनेटमा मृत्यु भएको नेपाली कांग्रेसका एक नेताले बताएका छन्।
बिज्ञापन
६३ वर्षीय आलमलाई मुटु सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेको चिकित्सकले जनाएका छन्।
बिज्ञापन
गत जेठमा नक्खु कारागारबाट छुटेपछि उनलाई ब्रेन स्ट्रोकको समस्या समेत देखिएको थियो।
रौतहट–२ का पूर्वसांसद रहेका आलम २०६४ सालको संविधानसभाको निर्वाचनका क्रममा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएको अभियोगमा दोषी ठहर हुँदै रौतहट जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो।



प्रतिक्रिया दिनुहोस्