हर्क साम्पाङको शैलीमा श्रम अभियान चलाउँदै सल्यानका डीएसपी, डा. हेम केसी

२०८२ कार्तिक २२, शनिबार १८:४८

सल्यान ।
सल्यानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेम केसी हाल आफ्नो अनौठो र प्रेरणादायी श्रम अभियानका कारण चर्चामा छन्। उनले मेयर हर्क साम्पाङको शैलीमा गाउँ–गाउँमा पुगेर घर निर्माणदेखि विद्यालय निर्माणसम्मको अभियान सुरु गरेका छन्।

बिज्ञापन

डीएसपी केसीले आर्थिक रूपमा कमजोर र विपन्न परिवारका लागि घर बनाउने, गाउँका बालबालिकाका लागि विद्यालय बनाउनेजस्ता सामाजिक कार्यलाई व्यक्तिगत नेतृत्व दिँदै आएका छन्। उनले प्रहरी सेवालाई मात्र कानुन र सुरक्षामा सीमित नराखी, जनताको जीवनस्तर उकास्ने अभियानसँग जोडिरहेका छन्।

बिज्ञापन

“सबैभन्दा ठूला ढुंगा मैले नै उचाल्नुपर्छ, अनि मात्र मेरा भाइहरूले पनि गर्ने हिम्मत गर्छन्,” उनले मुस्कुराउँदै भने।
उनका अनुसार, ‘हाकिम भएर कुर्सीमा बस्ने होइन, सबैसँगै पसिना बगाउन सक्नुपर्छ’ भन्ने नै आफ्नो सिद्धान्त हो।

“जहाँ अप्ठ्यारो हुन्छ, त्यही प्रहरी हुन्छ,” भन्दै उनले प्रहरीको भूमिकालाई जनसेवामुखी बनाउन निरन्तर प्रयास गरिरहेको बताए।

बिज्ञापन

डा. केसीको यो अभियानले स्थानीय बासिन्दा र विद्यार्थीहरूमा उत्साह जगाएको छ। उनी जहाँ पुग्छन्, त्यहाँ प्रहरीको फरक छवि देखिन्छ सेवाभाव, सहकार्य र समर्पणको प्रतीकका रूपमा।

२०८२ कार्तिक २२, शनिबार १८:४८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना