उत्पादन, पर्यटन र एकता — यही हो समृद्ध मकवानपुरको बाटो : स्वतन्त्र उम्मेदवार शिव प्रसाद अधिकारी

२०८२ कार्तिक २४, सोमबार ०९:३१

काठमाडौं । आगामी निर्वाचनमा मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा शिव प्रसाद अधिकारी अघि बढेका छन्। उनले “उत्पादन, पर्यटन र एकता, यही हो समृद्ध मकवानपुरको मार्ग” भन्ने नारासहित आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन्।

बिज्ञापन

स्वतन्त्र उम्मेदवार अधिकारीले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास र सामाजिक एकतालाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्। उनले मकवानपुरलाई आत्मनिर्भर, रोजगारीमुखी र पर्यटकीय जिल्ला बनाउने लक्ष्य लिएका छन्।

बिज्ञापन

“हामीले गाउँ–गाउँमा उत्पादन बढाउनुपर्छ, पर्यटनमार्फत रोजगारी सिर्जना गर्नुपर्छ, अनि एकताबाट मात्र समृद्धि सम्भव हुन्छ,” अधिकारीले भने।

यद्यपि उनका अनुसार राजनीतिमा स्वच्छ सोच, जनसेवामुखी नीति र युवाको सहभागिता आवश्यक रहेको छ। अधिकारीले सबै मतदातालाई सकारात्मक परिवर्तनका लागि साथ र सहयोगको अपील पनि गरेका छन्।

बिज्ञापन
२०८२ कार्तिक २४, सोमबार ०९:३१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना