काठमाडौं । लामो समयदेखि नेपाल स्काउटको नाममा रहेको सार्वजनिक जग्गा कब्जा गरी व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदै आएका नेपाली काङ्ग्रेसका नेता पूर्वमन्त्री दीपक खड्काको पार्टी प्यालेसमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।
बिज्ञापन
महानगरका अनुसार उक्त जग्गा स्काउटका नाममा दर्ता भए पनि खड्काले अवैध रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका थिए। सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न र अवैध संरचना हटाउने अभियान अन्तर्गत महानगरले सो क्षेत्रमा डोजर सञ्चालन गरेको जनाएको छ।
बिज्ञापन
भने सोही स्थानमा जेनजी आन्दोलनका अगुवाई गरेका सुदन गुरुङ सुटुक्क त्यहाँ पुगेका छन्।
स्थानीयवासीहरूले सार्वजनिक जग्गा मुक्त गर्ने कार्यमा महानगरको कदमलाई स्वागत गरेका छन्।



प्रतिक्रिया दिनुहोस्