जेनजी समूह र एमाले कार्यकर्ता भिडन्तपछि सिमरा विमानस्थल अवरुद्ध

२०८२ मंसिर ३, बुधबार १५:२६

काठमाडौँ । बाराको सिमरामा बुधबार बिहानबाट अवस्था तनावग्रस्त बनेको छ। काठमाडौंबाट सिमरा आउँदै गरेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई स्वागत गर्न विमानस्थल क्षेत्रतर्फ आएका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको हो।

बिज्ञापन

एमाले नेता पोखरेल र बस्नेत बुधबार बिहान ११ बजे सिमरा अवतरण गर्ने कार्यक्रम थियो। उनीहरूलाई स्वागत गर्न विमानस्थलको मुख्य प्रवेशद्वार नजिकै रहेको क्यान्टिन आसपास एमाले कार्यकर्ता भेला भएका थिए। त्यसैबेला जेनजी समूह पनि प्रदर्शनमा उत्रिएपछि दुई समूहबीच विवाद बढेर झडपको रूप लिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

झडपपछि जेनजी समूहका प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने सडक अगाडि टायर बालेर अवरोध सिर्जना गरेका छन्। निरन्तरको अवरोधका कारण विमानस्थलको आवागमन रोकिँदा उडान प्रभावित भएको हो।

प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली गर्न चेतावनी दिएको भए पनि प्रदर्शनकारी सडकमै उभिइरहेका कारण अवस्था थप तनावग्रस्त बनेको बताइएको छ। घटनास्थलमा अतिरिक्त सुरक्षा फोर्स परिचालन गरिएको छ।

बिज्ञापन
२०८२ मंसिर ३, बुधबार १५:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना