प्रदेश सांसद यादवद्वारा देवभूमि बाबा कारिक स्थानको स्थलगत निरीक्षण

२०८२ मंसिर ६, शनिबार ०६:४९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका समाजवादी नेता तथा मधेश प्रदेशसभा सदस्य रामअशिष यादवले महोत्तरीको बलवा नगरपालिका–परौलस्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको देवभूमि बाबा कारिक स्थानको मंगलबार स्थलगत निरीक्षण गरेका छन्।



मधेश प्रदेशको प्रमुख आस्था एवं सांस्कृतिक गन्तव्यका रूपमा चिनिएका बाबा कारिक स्थानको अवलोकन गर्दै सांसद यादवले प्रदेश सरकारले योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार तथा संरचनागत विकासमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार धार्मिक स्थलको संरक्षण तथा प्रवर्द्धनले स्थानीय आर्थिक गतिविधि, आन्तरिक पर्यटन तथा सांस्कृतिक पहिचान मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

निरीक्षणपछि सांसद यादवले भने, “देवभूमि बाबा कारिक स्थानलाई प्रदेशको प्रमुख तीर्थस्थलका रूपमा विकास गर्न राज्यले विशेष नीति बनाएर दीर्घकालीन योजना लागू गर्न आवश्यक छ। सुविधासम्पन्न पहुँच मार्ग, धर्मशाला, प्रांगण व्यवस्थापन र संरक्षण कार्यलाई प्राथमिकतामा राखिनुपर्छ।”

बिज्ञापन

स्थानीय बासिन्दाले पनि स्थलको विकासका लागि प्रदेश सरकारलाई थप सक्रिय हुन आग्रह गरेका छन्। निरीक्षण टोलीमा स्थानीय वडाध्यक्ष कारी यादव, युवा नेता अशोक यादव लगायत समाजिक तथा राजनीतिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

बिज्ञापन

२०८२ मंसिर ६, शनिबार ०६:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना