देशभर ८ लाखभन्दा बढी नयाँ मतदाता दर्ता: निर्वाचन आयोग

२०८२ मंसिर ६, शनिबार १०:१७

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचन लक्षित गरी सञ्चालन गरिएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रम अन्तर्गत देशभर ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

बिज्ञापन

कार्यक्रमका लागि तोकिएको थप समयावधि सकिँदासम्म ८ लाख ३७ हजार ९४ जना नागरिकले नयाँ रूपमा मतदाता नाम दर्ता गराएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन्।




आयुक्त भण्डारीका अनुसार आयोगले निरन्तर रूपमा मतदाता दर्ता, अद्यावधिक र प्रविधिमैत्री प्रणालीमार्फत निर्वाचन प्रक्रिया सहज र विश्वासनीय बनाउन काम गरिरहेको छ। दर्ता संख्या उल्लेख्य रूपमा बढ्नु आगामी निर्वाचनप्रति जनताको सक्रियता र चासोको संकेत भएको आयोगको भनाइ छ।

बिज्ञापन

आयोगले अब दर्ता भएका नामहरूको विवरण प्रमाणीकरण, सच्याइने प्रक्रिया तथा अन्तिम नामावली प्रकाशनका काम अघि बढाउने तयारी गरेको जनाएको छ।

बिज्ञापन
२०८२ मंसिर ६, शनिबार १०:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना