काठमाडौं, मंसिर १३ — चन्द्रागिरी नगरपालिका–२, बडभज्याङको बसन्डोलस्थित क्रस ओइ नागढुङ इसाई मण्डलीमा आज ‘धन्यवादको चाड’ भव्यरूपमा सम्पन्न भएको छ।
बिज्ञापन
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो चाड इसाई समुदायले मंसिर १३ गतेका दिन मनाउने परम्परा रहेको छ। कार्यक्रममा स्थानीय इसाई समुदायको बाक्लो उपस्थिति देखिएको थियो।




धन्यवादको चाडका अवसरमा सहभागीहरूले आफूले फलाएको खेतबारीको पहिलो फल चर्चमा चढाउने परम्परा रहेकोे बताए। सोही अवसरमा चर्चमा विशेष प्रार्थना, स्तुति–गीत तथा धन्यवाद सन्देशसहित कार्यक्रम अगाडि बढाइएको थियो।
बिज्ञापन
समुदायबीच आपसी सद्भाव र भाइचारा वृद्धिमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले विभिन्न मिठा परिकारहरू सँगै बसेर स्वाद लिँदै, एक–अर्कासँग भलाकुसारी गर्दै चाड उल्लासपूर्वक मनाएका थिए।
यद्यपि स्थानीयहरूको उत्साहजनक सहभागितामार्फत क्रस ओइ नागढुङ इसाई मण्डलीमा सम्पन्न ‘धन्यवादको चाड’ सफल र संयोजित रूपमा सम्पन्न गरिएको जनाएका छन्।
तस्वीरहरु=








प्रतिक्रिया दिनुहोस्