रास्वपा–विवेकशील साझा पार्टीबीच एकीकरण सम्झौताको घोषणा, केन्द्रीय समिति सहित एकीकृत संरचनामा प्रवेश

२०८२ मंसिर १४, आईतवार १८:५२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको एकीकरण प्रक्रियालाई औपचारिकता दिने उद्देश्यले काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा दुवै पार्टीका तर्फबाट हस्ताक्षरित एकीकरण सम्झौता–पत्र सार्वजनिक गरिँदै विवेकशील साझाका केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरू रास्वपाको एकीकृत संरचनामा समाहित भएको घोषणा गरिएको हो।



सम्झौता–पत्रमा नेपालको समसामयिक राजनीतिक अस्थिरता, कमजोर सुशासन र अविश्वसनीय नेतृत्व संस्कृतिलाई परिवर्तन गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य प्रस्ट रूपमा समेटिएको छ। दुवै पक्षले सहमतिका मुख्य बुँदाहरू सार्वजनिक गर्दै आगामी दिनमा साझा उद्देश्यअनुसार सहकार्य गर्दै अघि बढ्न प्रतिवद्धता जनाएका छन्।
सम्झौता–पत्रका मुख्य बुँदाहरू

बिज्ञापन

सुशासन, पारदर्शिता, नैतिक नेतृत्व र वैकल्पिक राजनीतिक अभ्यासलाई प्राथमिकता।

बिज्ञापन

दुवै पार्टीबीच संगठनात्मक समन्वय, नीति निर्माण र कार्यक्रम कार्यान्वयनमा संयुक्त सहकार्य।

‘फेडेरल लिडरशिप फोरम’मार्फत संयुक्त नेतृत्व विकास र प्रशिक्षण संरचना विस्तार।

बिज्ञापन

एकीकृत राजनीतिक यात्रालाई प्रभावकारी बनाउन दुवै पक्षका सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने।

लोकतान्त्रिक मूल्य, जनउत्तरदायित्व र दीगो वैकल्पिक राजनीतिप्रति साझा प्रतिबद्धता।

कार्यक्रममा उपस्थित दुवै पार्टीका प्रतिनिधिहरूले एकीकरणले वैकल्पिक राजनीतिक धारलाई मजबुत बनाउँदै राष्ट्रिय राजनीतिमा नयाँ आशा र सम्भावना थप्ने विश्वास व्यक्त गरेका छन्।
रास्वपा र विवेकशील साझा पार्टीबीच भएको यो औपचारिक सहमति नेपाली राजनीतिक परिदृश्यमा नयाँ मोड र वैकल्पिक शक्तिको उदयको संकेतको रूपमा लिइएको छ।
तस्वीरहरु:

oplus_0

oplus_0

oplus_0

oplus_0

oplus_32

२०८२ मंसिर १४, आईतवार १८:५२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना