रा.स्व.पा. ओखलढुंगा–चिसंखुगढी : परिवर्तनको चाहनासँग गाउँ गाउँमा घन्टीको धुन

२०८२ मंसिर १६, मंगलवार ०८:०६

काठमाडौँ – मङ्सिर १६
प्रकृतिले अपार सौन्दर्यले सजाएको ओखलढुंगा–चिसंखुगढी, तर विकासले कहिल्यै निरन्तरता पाउन सकेन।
पटक–पटक जनप्रतिनिधि चुने पनि जनताले अपेक्षित सेवाभाव, उपस्थिती र प्रतिवद्धता भने कहिल्यै महसुस गर्न पाएनन्।
अब भने स्थानीय बासिन्दामा परिवर्तनको नयाँ चाहना जागेको छ।
विकासको आवाज बुलन्द गर्ने, आफ्नो पीडा र आवश्यकताका लागि बोलिदिने साँचो प्रतिनिधि खोज्ने समय आएको छ, स्थानीयहरु भन्छन्।



त्यही सन्दर्भमा, चुनाव नजिकिँदै जाँदा पूर्व एआइजी विश्वराज पोखरेल गाउँको–बस्तीमा सक्रिय चुनावी प्रचारप्रसारमा जुटिरहेका छन्।
गाउँका भुरादेखि बुढासम्म उनको उपस्थितिलाई स्वागत गर्दै नाचगान, खुशीयाली र आशाले भरिएका दृश्यहरू देखिन्छन्।
स्थानीयहरू भन्छन्—
“हामीले धेरै माननीय बनायौँ, तर जनतालाई साथ दिने, हात थामिदिने मान्छे भने कहिल्यै पाएनौँ।
उनीहरू जिते, हामी हारीरह्यौँ।
अब हामीले जित्ने पालो आएको छ। यसपालि रास्वपाको नेतृत्वमा नयाँ अपेक्षा छ।
हाम्रो बीच पूर्व एआइजी विश्वराज पोखरेल हुनुहुन्छ, यही नै हाम्रो आशाको आधार हो।”
जनताको भरोसा, परिवर्तनको तरङ्ग र नयाँ राजनीति चाहने आकांक्षा—
यी सबैले चिसंखुगढीमा घन्टी परिवर्तनको संकेत दिन थालेको स्थानीयहरु बताउँछन् ।

बिज्ञापन

बिज्ञापन

२०८२ मंसिर १६, मंगलवार ०८:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना