कानूनको खुला उल्लंघन: ट्राफिक प्रहरीलाई घिसार्दै कार चालक फरार

२०८२ पुष १७, बिहीबार २२:४५

हेटौंडा । हेटौंडा–राप्ती पुल नजिकै रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि मापसे (मादक पदार्थ सेवन) चेकजाँचका क्रममा एक ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन्।
मापसे चेकका लागि कार रोक्ने क्रममा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई सोही कारले करिब १० मिटरजति घिसारेर लगेपछि प्रहरी गम्भीर घाइते भएका हुन्। घटनापछि कार चालक कारसहित फरार भएका छन्।



प्रहरीका अनुसार उक्त कार भारतीय नम्बर प्लेटको रहेको बताइएको छ। घाइते ट्राफिक प्रहरीलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ भने उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि फरार चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन

बिज्ञापन

२०८२ पुष १७, बिहीबार २२:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना