राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटद्वारा र्यापिड एक्सन टिम गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

२०८२ पुष १९, शनिबार १७:२४

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले आज र्यापिड एक्सन टिम गठनसँगै पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नुवाकोटको विदुरस्थित सुखद खाजा घर, बैकुट मा आयोजना गरिएको थियो।

बिज्ञापन

कार्यक्रमअन्तर्गत विभिन्न राजनीतिक पार्टी परित्याग गरी आएका युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। साथै र्यापिड एक्सन टिमअन्तर्गत संयोजक, सह–संयोजक, सचिवसहित ७७ सदस्यीय समिति गठन गरिएको हो।




उक्त कार्यक्रममा रास्वपाका प्रदेश संयोजक अच्युतम लामिछाने, केन्द्रीय विभागका प्रतिनिधि प्रदीप सापकोटा, केन्द्रीय विभागका सदस्यहरू, साथै नुवाकोटका विभिन्न पालिका, नगर र वडाका सभापति, शुभेच्छुक तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिज्ञापन

कार्यक्रममा वक्ताहरूले संगठन सुदृढीकरण, युवाको सक्रिय सहभागिता र पार्टीको मूल उद्देश्यबारे धारणा राख्दै आगामी दिनमा जिल्लामा प्रभावकारी संगठन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Oplus_131074

oplus_8388610

oplus_8388610

बिज्ञापन
२०८२ पुष १९, शनिबार १७:२४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना