रास्वपाको र्यापिड एक्सन टिम रसुवामा सक्रिय, सामाजिक र विपद् व्यवस्थापनमा प्रत्यक्ष भूमिका खेल्ने प्रतिबद्धता

२०८२ पुष २०, आईतवार ०९:११

रसुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा जिल्लाको राम्चे गाउँमा बृहत्तर कार्यक्रम आयोजना गर्दै र्यापिड एक्सन टिम (RAT) को कार्यक्रम सम्पन्न गरेको छ। बागमती प्रदेश संयोजक शेरबहादुर सिंह, विभागीय सदस्य रामकृष्ण श्रेष्ठसहित रास्वपाको रसुवा जिल्ला कमिटी, नगर तथा पालिका सभापतिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

बिज्ञापन

कार्यक्रममा बुद्धिजीवी, कलाकार, पार्टीप्रेमी, शुभचिन्तक तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नेताहरूले रास्वपाको राजनीतिक एजेन्डा केवल सत्ता केन्द्रित नभई समाज रूपान्तरण, सुशासन र जनतासँग प्रत्यक्ष सम्पर्क मा आधारित रहेको बताए।




र्यापिड एक्सन टिमले देशका विभिन्न स्थानमा पुगेर सामाजिक सेवा, विपद् व्यवस्थापन, जनताको दैनिकीमा देखिने समस्या समाधानमा सक्रिय भूमिका खेल्दै आएको उल्लेख गरियो। रसुवामा टिम गठनसँगै अब जिल्लामा हुने सामाजिक गतिविधि, विपद्, प्राकृतिक प्रकोप तथा आकस्मिक घटनामा पार्टी कार्यकर्ता प्रत्यक्ष रूपमा खटिने जिल्ला कमिटी सदस्यहरूले प्रतिबद्धता व्यक्त गरे।

बिज्ञापन

जिल्ला कमिटीका एक नेताले भने,
“अब हामी कागजमा मात्र होइन, मैदानमै उत्रिएर जनताको दुःख–सुखमा साथ दिनेछौँ। जिल्लामा कुनै पनि विपद् वा सामाजिक समस्या आएमा रास्वपा र्यापिड एक्सन टिम तत्काल उपस्थित भएर काम गर्नेछ।”

कार्यक्रममा सहभागी नेताहरूले रास्वपाले परम्परागत राजनीतिभन्दा फरक ढंगले जवाफदेही, परिणाममुखी र सेवा–आधारित राजनीति लाई अगाडि बढाइरहेको दाबी गरे। आगामी दिनमा रसुवा जिल्लामा संगठन सुदृढीकरणसँगै जनमुखी अभियानलाई अझ प्रभावकारी बनाइने पनि उनीहरूले बताए।

बिज्ञापन
२०८२ पुष २०, आईतवार ०९:११ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना