“टाटा सिप्रदी ट्रेनिङ सेन्टरमाथि खोलामिचाइको आरोप, नगरपालिकाको भूमिकामाथि प्रश्न”

२०८२ पुष २५, शुक्रबार ०९:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरी नगरपालिकाका सभापति जनार्दन केसीले चन्द्रागिरी नगरपालिकामा खोलामापदण्ड कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएका छन्।

बिज्ञापन

केसीले सामान्य नागरिकका घर–टहरा र साना संरचनामा कडाइका साथ खोलामापदण्ड लागू गरिँदै आएको तर ठूला उद्योग तथा कलकारखानालाई भने सोही मापदण्ड लागू नगरिएको दाबी गरे। उनले टाटा कम्पनीको सिप्रदी ट्रेनिङ सेन्टरले खोलालाई डाइभर्ट गरी नक्सा विपरीत बगाउँदै खोलाको मापदण्ड नलगाई संरचना निर्माण गरेको आरोप लगाए।



उनका अनुसार खोलालाई प्रविधिको नाममा मोडेर (डाइभर्ट गरेर) निर्माण कार्य गर्दा पनि नगरपालिकाले आँखा चिम्लिएको देखिन्छ। “सामान्य नागरिकलाई नियम, ठूला कम्पनीलाई छुट यही हो नगरपालिकाको अभ्यास,” केसीले आरोप लगाए।

बिज्ञापन

सभापति केसीले उक्त विषयमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी किन मौन बसेका छन् भन्ने प्रश्नसमेत उठाएका छन्। उनले खोलामिचाइ र मापदण्ड उल्लङ्घनको विषयमा नगरप्रमुख स्वयंको संलग्नता रहेको जस्तो देखिएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

केसीले कानून सबैका लागि समान हुनुपर्ने भन्दै यदि मापदण्ड उल्लङ्घन भएको हो भने सम्बन्धित उद्योगमाथि पनि कानूनी कारबाही हुनुपर्ने बताए। उनले नगरपालिकाले स्पष्ट धारणा सार्वजनिक नगरेसम्म हामी चुप लागेर बस्ने छैनौँ। भनेका छन्

बिज्ञापन
२०८२ पुष २५, शुक्रबार ०९:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना