काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख तथा चर्चित युवा नेता बालेन शाहको उपस्थितिसँगै वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चमति पार्टी कार्यालयमा उल्लेखनीय भीड र उत्साहपूर्ण माहोल सिर्जना भएको थियोे। बालेन शाहको इन्ट्रीसँगै विभिन्न जिल्लाबाट आएका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखिएको हो।




कार्यक्रमस्थलमा जनसहभागिता अत्यधिक भएपछि सुरक्षाका लागि परिचालित र्यापिड एक्सन टिमलाई समेत भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो। बालेन शाह आउने क्रममा कार्यालय परिसर र वरपरको क्षेत्र निकै भीडभाडयुक्त बनेको थियो, जसका कारण सुरक्षा व्यवस्थापनमा विशेष सतर्कता अपनाइएको थियो।
कार्यकर्ताहरूका अनुसार बालेन शाहको उपस्थितिले पार्टीभित्र थप ऊर्जा र उत्साह थपिएको छ। उनीहरूले यसलाई आउँदो निर्वाचनका लागि “प्लस पोइन्ट” को रूपमा व्याख्या गर्दै, संगठन विस्तार, जनसम्पर्क र राजनीतिक सन्देश प्रवाहमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी नेताहरूले बालेन शाहको सक्रियता र उपस्थितिले युवापुस्तालाई राजनीतितर्फ आकर्षित गर्न मद्दत पुग्ने बताएका छन्। साथै, रास्वपाको संगठनात्मक मजबुती, कार्यकर्ता परिचालन र आगामी निर्वाचनको तयारीलाई थप सशक्त बनाउने दिशामा यो इन्ट्री महत्वपूर्ण रहने उनीहरूको धारणा रहेकोे थियोे ।
तस्बिरहरू=



बालेन शाहको इन्ट्रीसँगै वनस्थलीस्थित रास्वपा कार्यालयमा उत्साहपूर्ण माहोल



प्रतिक्रिया दिनुहोस्