रास्वपाका जिल्ला सभापति प्रदिप बिष्टले काठमाडौँ–१० बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता

२०८२ माघ ६, मंगलवार १९:५१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ क्षेत्र नम्बर १० का जिल्ला सभापति प्रदिप बिष्टले प्रतिनिधि सभा सदस्यका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ताका क्रममा बिष्टले कीर्तिपुरको भत्क्यापाटीस्थित क्षेत्रीय कार्यालयबाट पैदलमार्ग हुँदै कीर्तिपुरको ऐतिहासिक बाग भैरव मन्दिरमा दर्शन गरी निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। धार्मिक–सांस्कृतिक आस्थासँगै जनताको घरदैलोबाट सुरु गरिएको यो प्रक्रियालाई समर्थकहरूले अर्थपूर्ण र सन्देशमूलक रूपमा लिएका छन्।



कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा बिष्ट २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले ८ हजार ५०० मत प्राप्त गरेका थिए, जसलाई आधार बनाउँदै यसपटक अझ सशक्त तयारीका साथ चुनावी मैदानमा उत्रिएको रास्वपाले जनाएको छ।

बिज्ञापन

काठमाडौँ क्षेत्र नम्बर १० अन्तर्गत कीर्तिपुर नगरपालिका (९ वडा), चन्द्रागिरी नगरपालिका (१० वडा) र दक्षिणकाली नगरपालिका (९ वडा) गरी जम्मा २९ वडा पर्दछन्। तीनवटै नगरपालिकामा संगठन विस्तार र जनसम्पर्क अभियान तीव्र बनाइएको रास्वपाको दाबी छ।

बिज्ञापन

रेलस्टेट व्यवसायी तथा सामाजिक अभियन्ता समेत रहेका बिष्टले स्थानीय विकास, सुशासन, पारदर्शिता र युवाको सक्रिय सहभागितालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। पार्टी संगठन, विगतको निर्वाचन परिणाम र बढ्दो जनसमर्थनका आधारमा काठमाडौँ–१० मा राष्ट्रिय स्वतन्त्र पार्टीको जित सुनिश्चित देखिएको पार्टी नेताहरूको भनाइ छ।

रास्वपाले काठमाडौँ क्षेत्र नम्बर १० लाई परिवर्तनको केन्द्रका रूपमा अघि बढाउँदै परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

oplus_0

बिज्ञापन
२०८२ माघ ६, मंगलवार १९:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना