हर्ककाे “पास्टर डिलिट” अभियानले ३०औँ लाख क्रिस्चियनहरु उपेक्षित, मत फेर्दै इसाईहरु

२०८२ माघ १६, शुक्रबार १४:०३

दिपेश श्रेष्ठ ।
काठमाडौं । संविधानमा लेखिएकाे धर्मनिरपेक्षकाे उपहास गर्दै नेपालका विभिन्न राजनिति दल र तिनका जिम्मेवार नेताहरुले अल्पसंख्यक धार्मिक समुदाय माथि खुलमखुल्ला धावा बाेल्न थालेका छन्।


केही समय यता हर्क साम्पाङ्गलाई पास्टर शब्द Delete गरेँ भनी अल्पसंख्यक क्रिस्चियन धर्मका सम्मानित पदलाई बदनाम हुने साथै इसाई समुदायको धर्मगुरुको अपमान गर्दै मन्दिर पसाउने ढोगाउने क्रियाकलाप देखिन थालेका छन ।

बिज्ञापन

धरान उपमहानगरका पूर्व प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ्ग क्रिश्चियन हैन , पास्टर हैन भन्ने कुरा सारा नेपालीलाई अवगत नै भएको कुरा हो तर, हर्कको अहिलेको गतिविधिले लाखौ लाख इसाई समुदायको मतदाताहरुले गम्भीर रूपमा लिएका बताएका छन ।

बिज्ञापन

हर्क साम्पाङ्ग हिन्दुकरणको विषयलाई किरात , बुद्दिस्ट, मुसलीम र इसाई समुदायले गम्भीरताका साथ लिएका बताएका छन । भोट आउने धार्मिक समुदायलाई उपेक्षित गर्दै हिन्दु हुनु बाध्यता होकि रहरले हो भन्दै आलोचना हुन थालेका छन । भने, ती धार्मिक समुदायबाट हर्ककाे राष्ट्रवादबाट प्रेरित रहेका मतदाताहरुले भाेट परिवर्तनकाे निर्णय लिन थालेका छन्।

हिन्दु धर्मलम्बीहरुको भोट हर्कले टाउको मन्दिरमा फुटाए पनि दिदैन , हिन्दुहरुको भोट सबै राप्रपा दिन्छन् यो कुरा सबैलाई अवगत नै छ , त्यस पछि हिन्दुको भोट घण्टीमा रास्वपालाई दिन्छन् त्यस पछि काङ्ग्रेस , एमाले , माओवादी , नेकपा तिरै भोट हाल्छ्न ।
हर्क साम्पाङ्ग्लाई आउने भोट
९०% किरात धर्मलम्बिको ,
६०% बुद्दिस्ट धर्मलम्बिको,
५२% मुस्लिम धर्मलम्बिको र
८०% इसाइ धर्मलम्बिको भोट आउने सम्भावना देखिन्छ भन्दै राजनीतिक विश्लेषक अनुमान थियो । हिन्दुहरु धर्मलम्बिको भोट हर्क सामपाङ्गलाई ०.३% पनि भोट आउने देखिन्दैन तर पनि हर्क साम्पाङ्ग किन यसरी चुनावी समयमा धार्मिक विभेदकाे गतिविधि गरिरहेको छ भन्ने बुझ्न सकिरैकाे छैन। यद्यपि अब झन हर्क साम्पाङ्ग भोट घट्दै गएको होकि भन्ने धेरैको आकलन हुन थालेका छन ।

बिज्ञापन
२०८२ माघ १६, शुक्रबार १४:०३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना