घरदैलो कार्यक्रममै एमालेप्रति जनताको प्रतिवाद

२०८२ फाल्गुन १०, आईतवार २०:०१

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १० अन्तर्गत चन्द्रागिरि क्षेत्रमा नेकपा एमालेले सञ्चालन गरेको घरदैलो कार्यक्रममा स्थानीय मतदाताले असन्तुष्टि जनाएका छन्।

बिज्ञापन

घरदैलोका क्रममा मत माग्न पुगेका एमालेका नेता–कार्यकर्तालाई केही स्थानीयले यसपटक आफूहरूले मत नदिने स्पष्ट बताएका थिए। उनीहरूले विगतमा पार्टीले दिएका आश्वासन पूरा नभएको आरोप लगाउँदै “धेरै पटक हेरिसक्यौँ, अब मत बदल्ने निर्णयमा पुगेका छौँ” भन्ने अभिव्यक्ति दिएका थिए।

बिज्ञापन

खोक्रो आश्वासन देखाएर जनतालाई उल्लु बनाउन खोजिएको” भन्दै असन्तोष व्यक्त गरेका थिए। उनीहरूले अब मतदाता पहिलेभन्दा बढी सचेत र बुझ्ने भइसकेको उल्लेख गर्दै विकास र प्रतिबद्धताको ठोस आधार चाहिएको बताएका थिए।

उक्त क्रममा एमालेका एक कार्यकर्ताले भने स्थानीय पूर्वाधार निर्माणमा पार्टीको योगदान रहेको दाबी गर्दै “तपाईंको घर अगाडिको बाटो हामीले बनाएको हो” भन्ने प्रतिक्रिया दिएका थिए। सोही स्थानको मतदातासँगको संवादको भिडियो खिचिएको दृश्य पनि देखिएको छ ।

बिज्ञापन

घरदैलो कार्यक्रमका क्रममा भएको यस प्रकारको सार्वजनिक प्रतिवादले क्षेत्र नम्बर १० को चुनावी माहोलमा प्रतिस्पर्धा र मतदाताको सक्रिय अभिव्यक्ति दुवैलाई झल्काएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलप्रति मतदाताको धारणा स्पष्ट रूपमा सार्वजनिक हुन थालेको देखिन्छ।

२०८२ फाल्गुन १०, आईतवार २०:०१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना