काठमाडौं,। १३ फागुन पुष्पकमल दाहालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो शक्ति बन्ने दाबी गरेका छन्।



बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै पुष्पकमल दाहालले आन्तरिक अनुसन्धान प्रतिवेदनका आधारमा नेकपाले ६५ देखि ७० सिटसम्म प्रत्यक्षतर्फ जित हासिल गर्ने प्रक्षेपण गरिएको बताए।
उनका अनुसार निर्वाचनको मितिसम्म पार्टीले थप सक्रियता र मेहनत गरेमा अपेक्षाभन्दा राम्रो परिणाम आउने सम्भावना रहेको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा चुनावी तयारीलाई तीव्रता दिएको पनि उनले उल्लेख गरे।
पुष्पकमल दाहालको दाबी : आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा पहिलो शक्ति बन्छ



प्रतिक्रिया दिनुहोस्