रा.स्व.पा.मा स्थानीय निर्वाचन लक्षित विशेष छलफल सम्पन्न

२०८३ बैशाख १६, बुधबार १२:४३

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) को केन्द्रीय कार्यालयमा केन्द्रीय सह–महामन्त्री बिपिन कुमार आचार्य को प्रमुख आतिथ्यमा विभिन्न केन्द्रीय विभागहरूसँग स्थानीय निर्वाचनमा उम्मेदवार छनोटका मापदण्डबारे विशेष छलफल गरिएको छ।

बिज्ञापन

कार्यक्रममा बोल्दै सहभागीहरूले स्थानीय तहका लागि उम्मेदवार छनौट गर्दा कम्तीमा एक वर्ष पाटी सदस्य लिएका व्यक्ति हुनुपर्छ पार्टीप्रति प्रतिबद्ध, सक्रिय र पाटी संगठन विस्तारमा भूमिका खेलेका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। संगठन निर्माणमा सक्रियता देखाउने,पार्टीका कामका लागि समय दिन सक्ने सामाजिक काममा लागि परेका उचित शैक्षिक योग्यता तथा पुलिस रिपोर्ट भएका व्यक्तिलाई अघि सार्नुपर्ने बताएका छन्।

बिज्ञापन

त्यसैगरी,पार्टीको हितविपरीत काम गर्ने वा असहयोग गर्ने प्रवृत्तिका व्यक्तिहरूलाई उम्मेदवार नबनाउने विषयमा समेत जोड दिइएको छ। छलफलबाट स्थानीय तहमा सक्षम, जिम्मेवार र पार्टी नीतिप्रति प्रतिबद्ध उम्मेदवार चयन गर्ने दिशामा साझा समझदारी बनाउनु पर्नेमा जोड दिए।

oplus_2

बिज्ञापन
२०८३ बैशाख १६, बुधबार १२:४३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना