चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यस बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहका गरी ५१२ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन्।
बिज्ञापन
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टीको राजनीतिक, सांगठनिक र आगामी निर्वाचन तयारी सम्बन्धी एजेण्डामा विस्तृत छलफल हुनेछ।
बिज्ञापन
“यो राजनीतिक संक्रमणपछिको सबैभन्दा ठूलो बैठक हो, जसको संगठनात्मक र रणनीतिक दुवै हिसाबले ठूलो महत्व छ,” झाले बताए।
बैठकमा आगामी निर्वाचनका लागि रणनीति, संभावित गठबन्धन, पार्टीको आचरण सुधार र महाधिवेशनको मिति पुनः निर्धारण गर्ने प्रस्तावहरूमा छलफल हुने अपेक्षा गरिएको छ।
बिज्ञापन
प्रवक्ता झालले बैठकमा नेतृत्व परिवर्तन औपचारिक एजेण्डा नभए पनि सहभागी प्रतिनिधिहरूले संगठन र नेतृत्वसम्बन्धी आफ्ना विचार स्वतन्त्र रूपमा राख्न सक्ने स्पष्ट पारे।
“बैठक खुला विचारको मञ्च हो। प्रतिनिधिहरूले नेतृत्व, संरचना वा भविष्यको दिशा जोसुकै विषयमा धारणा राख्न स्वतन्त्रता पाउनेछन्,” उनले भने।
उनका अनुसार, बैठकमा आगामी निर्वाचनका लागि राजनीतिक सहकार्य र गठबन्धन मोडालिटी सम्बन्धी विषयमा पनि विस्तृत छलफल हुनेछ।
“बैठकमा केही अनसिन एजेण्डा पनि छन्। प्रतिनिधिहरूको म्यान्डेट सुनेर त्यसका आधारमा अबको रणनीति तय हुनेछ,” उनले थपे।
विश्लेषकहरूका अनुसार, सौराहामा हुने यो बैठक रास्वपाको आगामी निर्वाचन रणनीति र पार्टीको भविष्यको दिशा स्पष्ट पार्ने निर्णायक राजनीतिक घुम्ती बन्न सक्नेछ।



प्रतिक्रिया दिनुहोस्