चुनावी चक्र दोहोरिँदा जनताका आधारभूत आवश्यकता अझै अपूरै

२०८२ मंसिर १०, बुधबार ०७:१७

काठमाडौं ।
देशमा प्रत्येक चुनावपछि नेतृत्व परिवर्तन भए पनि जनताका आधारभूत आवश्यकता निरन्तर अपूरै भइरहेका छन्। स्थानीयदेखि केन्द्रीय तहसम्मका चुनावमा उम्मेदवारहरू विजयी भइरहे पनि नागरिकले अपेक्षा गरेको परिणाम भने देखिन सकेको छैन।

बिज्ञापन

स्थानीय बासिन्दाहरूका अनुसार विद्युत्, खानेपानी, सडक, स्वास्थ्य र शिक्षा जस्ता प्राथमिक सेवाहरू अझै पनि मागेरै लिनुपर्ने अवस्था यथावत छ। स्कुल भवनमा छाना अभाव, पाठ्यपुस्तक अभाव, तथा मूलभूत पूर्वाधारमा कमजोरी देखिनु सामान्यजस्तै बनेको छ।

बिज्ञापन

विशेषगरी ग्रामीण क्षेत्रमा “नेता जिते तर जनता भने कहिल्यै जितेनन्” भन्ने धारणा बढ्दो छ। जनताले चुनेका प्रतिनिधि पटक–पटक सत्तामा पुगे पनि देश र नागरिकको जीवनस्तरमा अपेक्षित सुधार नदेखिएको जनमत आएको छ।

विज्ञहरूका अनुसार देशले संस्थागत सुधार, जवाफदेहित्व र जनमुखी नीतिहरूमा ध्यान नदिए सम्म चुनावी जीतले मात्र जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउन नसक्ने बताइन्छ।

बिज्ञापन
२०८२ मंसिर १०, बुधबार ०७:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना