काठमाडौं ।
युरोपेली युनियन (EU) ले बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तीन स्थानीय सरकारका शीर्ष प्रतिनिधिहरूको सहभागिता रहेको छ। चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबाट संयुक्त प्रतिनिधिमण्डल उक्त सम्मेलनमा सहभागी भएको हो।



चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल तथा वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया खड्कासहितको टोली यस अन्तर्राष्ट्रिय कार्यक्रमका लागि ब्रसेल्स पुगेका छन्।
बिज्ञापन
युरोपेली यूनियनले डिसेम्बर ८ देखि १० सम्म आयोजना गरेको सम्मेलनमा सहभागी हुन मेयर गिरी शनिबार राति नेपालबाट प्रस्थान गरेका थिए। सम्मेलनले स्थानीय शासन, शहरी विकास, वातावरणीय रूपान्तरण तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा बहस र साझेदारी विस्तार गर्ने उद्देश्य राखेको बताइएको छ।
बिज्ञापन
नेपालका स्थानीय तहका प्रतिनिधिहरूले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान, विकासका उत्कृष्ट अभ्यासहरू अध्ययन तथा द्विपक्षीय–बहुपक्षीय सहकार्य बढाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्