काठमाडौं । ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस आज विभिन्न कार्यक्रमहरूमार्फत मनाइँदैछ। १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघले मानव अधिकारको सार्वभौम घोषणा– UDHR अनुमोदन गरेको स्मरणमा हरेक वर्ष यो दिवस मनाइने गरिन्छ।




यस वर्षको दिवस मानव अधिकारको संरक्षण, समानता, न्याय र सम्मान सुनिश्चित गर्ने प्रतिवद्धतासहित विभिन्न संघ–संस्था, सरकारी निकाय तथा नागरिक समाजले गोष्ठी, र्याली तथा छलफल कार्यक्रम आयोजना गरेका छन्।
बिज्ञापन
नेपालमा पनि राष्ट्रिय मानव अधिकार आयोग, गैर–सरकारी संस्था र समुदायस्तरका संघसंस्थाले मानव अधिकारको अवस्थामाथि समीक्षा गर्दै मानव मर्यादा, अभिव्यक्ति स्वतन्त्रता, समान व्यवहार र हिंसामुक्त समाज निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्