काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर १० का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप बिष्ट जनताको घरदैलोमा पुग्ने अभियानमा सक्रिय भएका छन्। यही क्रममा आज उनले हाइकिङ कमिटीसँग आबद्ध युवा व्यवसायी, व्यापारी, पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेका छन्।




चन्द्रागिरीस्थित एक रिसोर्टमा आज चन्द्रागिरी नगरपालिका वडा नम्बर २, ३ र ४ का युवा व्यवसायीहरु सहभागिता रहेको थियो। अन्तरक्रियामा सहभागीहरूले आफूहरूले खोजेको नेता जनताको सुख–दुःखमा सधैँ साथ दिने, व्यवहारिक र जवाफदेही हुनुपर्ने धारणा व्यक्त गरे।
उनीहरूले भने, “हामी व्यापार–व्यवसाय गर्दै देशमै केही गर्छौं भनेर लगानी गरेका छौ। त्यसका लागि सुरक्षित र सुनिश्चित वातावरण आवश्यक छ। पुराना नेताहरूजस्तो केवल आश्वासन दिने तर काम नगर्ने नेतृत्व हामीलाई चाहिँदैन। हामी व्यावसायिक भुइँमान्छेसँग बसेर कुरा सुन्ने, समस्या बुझ्ने र समाधान खोज्ने नेता आजको आवश्यकता हो।”उनिहरुले भने
बिज्ञापन
अन्तरक्रियामा सहभागी व्यवसायीहरूले चिल्ला गाडीमा हिँड्ने, जनतासँग संवाद नगर्ने र नीति–नियम बनाउने ठाउँमा पुगेपछि बेवास्ता गर्ने खालका नेताप्रति असन्तुष्टि जनाउँदै यस्ता नेतृत्व अब अस्वीकार्य भएको स्पष्ट पारे। उनीहरूले आगामी निर्वाचनमा प्रदीप बिष्टलाई विजयी गराएर संसद् पठाउने प्रतिबद्धता जनाउँदै, कानुन निर्माणको तहमा व्यवसायी, आम जनता र भुइँमान्छेको पक्षमा नीति निर्माण हुनुपर्ने माग राखे।
बिज्ञापन
अन्तर क्रिया कार्यक्रममा बोल्दै उम्मेदवार प्रदीप बिष्टले आफू भुइँमान्छेको नेता भएको उल्लेख गर्दै सहभागीहरूले उठाएका हरेक विषयलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “तपाईंहरूले जिताएर पठाउनुहुन्छ, म दिलोज्यानले काम गर्नेछु। हरपल तपाईंहरूको साथमा रहनेछु।”
आउँदो निर्वाचनका लागि उम्मेदवार बनेका बिष्ट स्वच्छ छवि भएका व्यवसायी तथा जनताको प्रिय नेताका रूपमा परिचित छन्। उनी जनमुखी नेतृत्व र व्यवहारिक राजनीतिलाई अघि बढाउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका छन्।
तस्बिरहरू=






प्रतिक्रिया दिनुहोस्